क्यानडाको ब्राम्पटनमा रुपन्देही समाजको भेटघाट कार्यक्रम
ब्राम्पटन । नेपालको रुपन्देही तथा  आसपासबाट आएर क्यानडाको ब्राम्पटन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको भेटघाट कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । रुपन्देही समाजको समन्वयमा भएको सो कार्यक्रममा समाजसेवी तथा ब्यबसायी ऋषिराम गैरे, कमल ज्ञवाली, नारायण भण्डारी, प्रकाश ज्ञवाली, बसन्त पाण्डे लगायतले आ- आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम संचालन ज्ञान भण्डारीले गर्नु भएको थियो ।  कार्यक्रममा रुपन्देही तथा आसपासबाट क्यानडा आएका ब्यक्ती हरुलाई पर्न सक्ने समस्या र समाधानमा सबैले साथ दिने बताईएको थियो । साथै रुपन्देही समाजको अगुवाईमा लुम्बिनी क्षेत्रबाट यस क्षेत्रमा आई बसोबास गर्ने हरुको बृहत भेला आगामी २/३ महिना भित्रमा गर्ने पनि बताईएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको