काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘रामलाई पुज्न, खराउ नपुज्न’ सुझाव दिएका छन्। शुक्रबार राति ट्वीट गरी बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भन्दा कांग्रेसका सभापति शेरबहादुर देउवा तुलनात्मकरूपमा जनमत रहेको भन्दै देउवा सत्य र प्रचण्ड भ्रम भएको बताएका छन्।
थापाले यसअघि दिएको अभिव्यक्तिप्रति लक्षित गरी बास्कोटाले भनेका छन्, ‘गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी। तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन्।’ बास्कोटाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई हराएर सुवासचन्द्र नेम्वाङलाई जिताउनसमेत अपिल गरेका छन्।









