पल शाह जिल्ला कारागार तनहुँबाट रिहा

तनहुँ ।  जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।

बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो । कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको