प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोहा भ्रमणमा नजाने भएका छन् । अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर अन्तिम समयमा उनको भ्रमण रद्द भएको छ ।

उक्त सम्मेलनमा प्रधानमन्त्रीको ठाउँमा उपप्रधानमन्त्री नारायणकाजी जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको उनी दोहा जाने कार्यक्रम रद्द गरिएको बताइएको छ ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको