वाम पार्टीहरू एक ठाउँ उभिनुपर्छ: झलनाथ खनाल

सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वामपन्थी दलहरुकाबीचमा एकता हुनुपर्नेमा जोड दिएका छन् । आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै उनले सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भएमा मात्र परिवर्तन हुनसक्ने बताए ।

उनले पार्टीका नीति, सिद्धान्त र लक्ष्य मिलेमा जुनसुकै दलसँगपनि एकीकरण गर्न तयार रहेको बताए । नेता खनालले वाम दलहरुकाबीचमा मोर्चाबन्दी बनाएर जान आफ्नो पार्टी खुला रहेको बताए ।

मुख्य दलहरू शक्ति आर्जनका लागि र्‍याल काढेर हिँडेको उल्लेख गर्दै नेता खनालले सत्ताका लागि ढोका ढकढकाएर हिँड्ने प्रवृत्तिमा आफू नभएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको