राष्ट्रपति पदमा उम्मेदवारी दर्ता नगर्दै रविसँग भोट माग्न पुगे रामचन्द्र

काठमाडौं ।  नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भोट माग्न पुगेका छन्।

लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले राष्ट्रपतिमा सहयोग मागेका हुन्। उनले आफूलाई मत दिन आग्रह गरेको लामछिानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए।

जवाफमा लामिछानेले पार्टीभित्र छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए। पौडेल राष्ट्रपतिका लागि मनोनय दर्ता नै नगरी भोट माग्न पुगेका हुन्। उनले संघीय संसद भवन पुगेर केहीबेरमा उम्मेदवारी दर्ता गराउँदैछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको