सरकारबाट बाहिरिने एमालेको तयारी

काठमाडौं ।  नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि (शनिबार) बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको