राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, अन्त के भइरहेको छ थाहा छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन् ।बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ओलीले भने, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ। अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा एमालेसँग दुरी बढाएर पुरानै गठबन्धनको पक्षमा उभिएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको