काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अपरान्ह ४ बजे पार्टी मुख्यालयमा पदाधिकारी बैठक बस्न लागेको माओवादी स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए ।
आजको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका भने गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका थिए । राष्ट्रपतिबारे प्रचण्डले भाका फेर्न थालेपछि एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनको भविष्यसमेत संकटमा परेको छ ।









