प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
४ फाल्गुन २०७९, बिहीबार १०:३२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
यी दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।