५ दिनमै प्रधानमन्त्री प्रचण्डको बोली झुट साबित, बिदा घटाउनुको साटो बढाउने निर्णय

काठमाण्डाै । सार्वजनिक बिदा कम गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आफैँ गरेको भाषण पाँच दिनमै गलत साबित भएको छ ।

गएकाे २४ गते मङ्गलवार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहमा समस्या भएको र सरकारी काम प्रभावित भएको भन्दै सार्वजनिक बिदा कम गर्ने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सरकारी बिदाहरू धेरै भएका कारण नागरिकका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएकाले पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

तर आज आइतवारमात्रै भाेलि साेमवार फागुन १ गते जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय गरेर आफ्नै बोलीलाई प्रधानमन्त्री प्रचण्डले झुट साबित गर्नुभएको छ । त्यति बेला उहाँले बिदा घटाउने बारेमा मन्त्रिपरिषदमा पनि छलफलसमेत गरेको जानकारी दिनुभएको थियो ।

यो वर्षका लागि सरकारले शनिवारबाहेक ४३ वटा सार्वजनिक बिदा दिएको छ । तर बीच–बीचमा मन्त्रिपरिषद्को बैठकले अरू थुप्रै पर्व, दिवस र शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिरहेको छ ।उज्यालो 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको