रवि लामिछानेको राहदानीबारे प्रहरी अनुसन्धान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले यसबारे अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘पहिल्यै नागरिकताबारे छानबिन गर्न भन्दै आएको पत्रलाई जाहेरी सरह मानेर अनुसन्धान गरिरहेका थियौं, सफलजीको अर्को जाहेरी आएपछि त्यसैमा थपेर अनुसन्धान थालेका थियौं ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको