एमाले अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन्। बुधबार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान पनि राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि रिक्त रहेको मन्त्रालयको विषयमा छलफल भएको थियो।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको