काठमाडौँ । प्रेस चौतारी नेपाल स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ ।
स्थापना दिवसको अवसरमा चौतारीका जिल्ला शाखाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।









