गृहमन्त्री होइन राज्यमन्त्री दिए पनि कांग्रेस सरकारमा आउँछ: एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिका लागि चाहना गर्नु अनौठो कुरा नभएको बताएका छन् । तर, सत्तापक्षकै उम्मेदवार राष्ट्रपति बन्ने उनले दाबी गरे ।

आज विराटनगरमा सञ्चारकर्मीहरूले ओलीलाई कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेको विषयमा सोधेका थिए ।

ओलीले जवाफ दिए, ‘कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको हो । तर राष्ट्रपतिको उम्मेदवार हुन्छु, हामीलाई दिनुस भन्नु, हामीले पाउनुपर्छ भन्नु अनौठो कुरा होइन ।’

प्रधानमन्त्री प्रचण्डले भनेजस्तो राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले घुमाउरो जवाफ दिए ।

‘अहिले बनेको नयाँ समीकरणको उम्मेदवारलाई यदि कांग्रेसले पनि सहमति गर्‍यो भने राष्ट्रिय सहमति हुन्छ ।’

ओलीलाई गृहमन्त्री पाएमा सरकारमा जाने भनी हालै कांग्रेस नेता शशाङ्क कोइरालाले दिएको अभिव्यक्तिबारे सोधियो ।

ओलीले जवाफ दिए, ‘कांग्रेस त गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको