काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् । एक क्यानेडियन नागरिकलाई ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो ।
हिजो दुबईबाट आउँदै गरेका उनको साथबाट चेकजाँचका क्रममा ठूलाे परिणाममा सुन भेटिएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।