काठमाडौँ । प्रतिनिधिसभा सदस्य बन्नका लागि आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले बताएका छन् । कानुन आयोगका पूर्वअध्यक्षसमेत रहेका उनले नेपालमा पुरातन परम्परालाई पछ्याएर प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर राखिएको बताएका हुन् ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा पौडेलले निर्वाचनमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासमेत सहभागी समितिको बैठकमा पौडेलले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।