‘विश्व च्याम्पियनसिप’ मा भाग लिन बूढानीलकण्ठबाट ३ खेलाडिको थाईल्याण्ड जाँदै

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै थाईल्याण्डको प्रतियोगितामा भाग लिन जानलागेका बूढानीलकण्ठ निवासी ३ जना खेलाडिलाई आज नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहितको टिमले सम्मानका साथ बिदाई गर्नु भएको छ ।

थाईल्याण्डको हुवा हिन सहरमा माघ १९ गते देखि माघ २३ गते सम्म सञ्चालन हुने मई थाई फेस्टिभलको विश्व च्याम्पियनसिप फाईट मा भाग लिन वडा नं ०५ का १३ वर्षिय गेन्जी राई, वडा नं ०६ का १८ वर्षिय दिगविजय राठौर र १९ वर्षिय लाल बहादुर तामाङ्ग जान लागेका हुन् ।

डब्लु. वि.सि. मई थाई नेपाल अन्तरगतका ३ खेलाडिहरुलाई संस्थाले आज नगर प्रमुख, उपप्रमुख, संस्थाका अध्यक्ष राजु राई, महासचिव दिपक तामाङ र अन्य मई थाई खेलाडिहरुको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत बिदाई कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले खेलाडिहरुलाई मई थाई खेलमार्फत देशकै प्रतिनिधित्व गर्न लागेकोमा धन्यबाद व्यक्त गर्दै जितको अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ ।

स्थापना काल देखिनै नगरपालिकाको साथ र सहयोग पाईरहेको डब्लु. वि.सि. मई थाई नेपाललाई यस खेलको विकास र खेलाडिको स्तरोन्नतीको लागी नगर परिषदमा थप छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । थाईल्याण्डमा हुन गईरहेको उक्त प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजर का रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड जाने सचिव दिपक तामाङले जानकारी दिनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको