गण्डकी गाउँपालिकास्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुर्योदय माविले जित्यो

गोरखा । गोरखाको गण्डकी गाउँपालिकास्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री सुर्योदय मावि, बेनिगाउँले जितेको छ । माघ १४ गतेदेखि आजसम्म चलेको प्रतियोगितामा सुर्योदय माविले ६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जित्दैँ प्रथम भएको हो ।

त्यस्तै ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दैँ ज्ञानमार्ग मावि, घ्याल्चोक दोस्रो भएको छ । प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ७ कास्य पदक जित्दैँ दिर्घेश्वर मावि फुजेल तेस्रो भएको छ । भने ४ स्वर्ण, ५ रजक र ४ कास्य जित्दैँ रत्नेश्वर मावि दर्बुङ चौथो भएको छ ।

साथै ४ वटा स्वर्ण विजेता ज्ञानमार्ग माविका अनिस रेग्मी पुरुष तर्फ र महिला तर्फ २ स्वर्ण १ रजत सहित सुर्योदय माविकी सानिया थापा मगर प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी बन्नुभयो ।

यसैबिच भैरवाश्रम माविसन्दिप बराम फेयर प्ले पुरुष खेलाडी र रत्नेश्वर माविकी मञ्जु दवाडी फेयर प्ले महिला खेलाडी र भगवती माविका प्रतिक रेग्मी अनुशासित खेल शिक्षक घोषित हुनुभएको गाउँपालिका रोजगार सहायक हाल शिक्षा,युवा तथा खेलकुद शाखामा कार्यरत सन्तोष विश्वकर्माले जानकारी दिनुभयो ।

आज प्रतियोगिता सम्पन्न भएसँगै गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको प्रमुख आथित्यमा विजयी बिद्यार्थी र बिद्यालयलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा ३० खेल समावेश गरिएको थियो । भने गाउँपालिकाभित्रका मावि तहसम्म अध्यापन हुने १० ओटा बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता श्री रत्नेश्वर मावि दर्बुङमा खेलाईएको थियो ।

तस्विर: सन्तोष विश्वकर्मा/ सुजन रेग्मी

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको