सत्ता साझेदारी नटुटोस् भन्नेतिर मेरो कोसिस छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदारी नटुटोस् भनेर आफूले कोशिश गरिरहेको बताएका छन्।

मंगलबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ताबाट बाहिरिने चतावनी दिएको विषयमा लक्षित गर्दै गठबन्धन टुट्न नदिन आफूले कोसिस गरिरहेको बताएका हुन्।

गृह मन्त्रालय नपाए राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्छु भनेको छ नि ?’ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म इंगेज भइराख्ने, हाम्रो यो (सत्ता साझेदारी) नटुटोस् भन्नेतिर मेरो कोसिस छ।’

प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठकमा गृह मन्त्रालयको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फैसलाको पूर्णपाठ कुरिरहेको बताएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको