गृहमन्त्री को ? प्रधानमन्त्री प्रचण्डको जवाफ: बनेपछि थाहा पाउनुहुन्छ

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनेपछि थाहा हुने जवाफ दिएका छन्।

सोमबार पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले गृहमन्त्रीबारे प्रश्न सोधेका थिए। गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनेपछि थाहा पाउनुहुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि आफू गृह मन्त्रालयमा फर्कन दौडधूप गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिएपछि उनले आइतबारै साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका थिए। अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको