गण्डकी गाउँपालिकामा आजदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखा ।  गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ५   स्थित रत्नेश्वर माध्यमिक बिद्यालयमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन आज गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गनुभएको छ ।

प्रतियोगितामा १० माध्यमिक बिद्यालय सहभागि रहेका छन । गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आथित्य तथा शिक्षा इकाइ गोरखाका प्रमुख सुवासचन्द्र आचार्यको विशेष आथित्य रहेको थियो ।प्रतियोगिता उद्घाटन अगाडि सहभागि बिद्यालयले मार्चपास गराएका थिए । आजदेखि सुरुभएको प्रतियोगिता १६ गतेसम्म चल्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको