काठमाडौं । नेकपा (एमाले) बाट अलग्गिएपछि नेकपा एकता अभियानमा लागेका वामदेव गौतम पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।
पछिल्लो पटक एमाले परित्याग गरेका घनश्याम भुसाललाई पार्टी प्रवेश गराएको एकीकृत समाजवादीले गौतमलाई पनि प्रवेश गराउने तयारी गरेका हुन् । तर, पार्टी प्रवेशका लागि एकीकृत समाजवादी पार्टीको प्रस्तावमा गौतमले केही शर्त अगाडि सारेका छन् ।
ति शर्तहरुमा सहमति जुटे गौतम नेकपा एसमा प्रवेश गर्नेछन् । गौतमले राखेका शर्तमा जबज मान्नुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री रहनुपर्ने रहेका छन् ।
यस्तै गौतमले राखेका अर्को शर्तमा समानुपातिक निर्वाचिन प्रणाली अपनाउनुपर्ने पनि रहेको छ ।