ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

बुटवल । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् ।

आज शनिबार भैरहवामा हुने उन्मुक्तिको एक कार्यक्रममा अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

एलिजालाई पार्टी प्रवेश गराउन उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आइसकेकी छन् ।

एलिजालाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको