काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक सभापति र संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। शुक्रबार सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेपछि बसेको बैठकले अर्याललाई चयन गरेको हो।
सर्वोच्चले उपप्रधान तथा गृहमन्त्री लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरेको हो। नेपाली नागरिक नै नभएपछि लामिछानेले मन्त्री र पार्टी सभापति पद पनि गुमाएका हुन्।









