माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्न लागेको हो । यसअघि बिहीबार पनि पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा राष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल भएको थियो ।

आज बस्ने बैठक पनि सोही विषयमा केन्द्रीत हुने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको