काठमाडौंमा एकै घरका चार जना अचेत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको कोटेश्वरमा एकै परिवारका ४ जना अचेत अवस्थामा फेला परेका छन् ।

राति सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि खोका खोलेर हेर्दा अचेत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

अचेत फेला पर्नेहरुमा ९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्।

राति कोठा तातो बनाउन कोइला बालेर सुतेकाले निसास्एिर अचेत भएका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको बानेश्वरस्थित सिभिल अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको