कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् उपसभामुखमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छिन् । शुक्रबार संसद सचिवालयमा मुक्ताले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।

प्रस्ताव बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको