सभामुख घिमिरेको पहिलो निर्णय: सांसदहरुबीच अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय पनि गरेका छन् ।

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका हुन् । कार्यक्रम कहिले र कहाँ गर्ने निर्णय भने भएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको