विमान दुर्घटना अपडेट: ६४ जनाको शव भेट्टियो

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उद्दारकर्मीकाअनुसार ३० जनाको शव निकालेर अस्पताल पठाइएको छ भने ३४ जनाको शव तल सेतीको खोँचमा भेटिएको छ ।

खोँचमा भेटिएका शव निकाल्न कठिनाइ भइरहेको बताइएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एन–एनसी एटीआर विमानमा ४ जना चाकलदलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको