थ्रेसहोल्ड नकटे पनि पार्टीको ह्वीप लाग्छ, सांसदको पद गुम्छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले संसदमा राष्ट्रिय दलको मान्यता नपाए पनि सांसदहरूलाई पार्टीको ह्वीप लाग्ने बताएका छन् ।

नेता नेपालले थ्रेसहोल्ड नकटे पनि आफ्नो पार्टी संसदको एउटा शक्ति रहेको दाबी गरे । पार्टी निकट युवा संघले बुधवार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सांसदलाई पार्टीको ह्वीप लाग्ने विगतको नजिर रहेको बताएका हुन् ।

‘प्रत्यक्षबाट १० सिट पायौं, पार्टीकै नेताको कमजोरीका कारण समानुपातिकमा कटाउन सकेनौं, राष्ट्रिय पार्टीको ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको भए हेलिकप्टर दिन्थ्यो र ?’ नेपालले भने, ‘राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्छ, थ्रेसहोल्ड पार नगरे पनि ह्वीप लागेको र पद गुमाएको थाहा पाउनुभएको छ । अनेकौं किसिमका भ्रम पैदा गरिएका छन् तर भ्रममा नपरे हुन्छ ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको