काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । २६ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।









