मोरङ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् । सरकार गठनका लागि प्रस्ताव पेस गर्न प्रदेश प्रमुख खापुङले ८ दिनको समय दिएका हुन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान गरिएको उल्लेख छ ।










