कांग्रेस सांसद टेकबहादुर गुरुङ संसद् बैठकमा जान नपाउने
१२ पुष २०७९, मंगलवार १७:०१
काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।
मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए ।