सरकारको मुख्य प्राथमिकता अर्थतन्त्र सुधार्नमै केन्द्रित छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य प्राथमिकता अर्थतन्त्र सुधार्नमै रहेको बताएका छन्। मंगलबार बिहान नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने आश्वसन दिएका हुन्। उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीको सुझाव ग्रहण गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको बताए। ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद।’ उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं। निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं’ उनले भने ।

परिसंघ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो । भेटमा अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको