काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्।
उनीसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ।
पौडेलबाहेक अन्यको मन्त्रायले टुंगो लागेको छैन।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी पनि छ।









