सरकारमा जाने मन्त्रीबारे टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ। सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको हो ।

बैठकमा माओवादीले पाउने मन्त्रालय र मन्त्रीहरुबारे छलफल हुने एक नेताले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनको सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ। प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको