काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत भएका छन् । संसदीय दलको आइतबार बसेको बैठकले कास्की १ (१) बाट निर्वाचित पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो ।
दलको नेता बनेसँगै उनको गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले र माओवादी मिलेसँगै प्रदेशमा ३० सांसद भएका छन् । राप्रपा पनि नयाँ गठबन्धनमा सहभागी भएपछि प्रदेशमा ३२ सांसद हुन्छन् ।









