शिशिर सिंखडा, क्यानडा । क्यानडाको ब्राम्पटन शहरमा रहेको रिग्म्याक्स कम्पनीद्वारा युवा ब्यबसायी कमल ज्ञवाली सहित १ दर्जन नेपाली ब्यबसायीहरु सम्मानित हुनु भएको छ । सो कम्पनीको वार्षिकाेत्सवको अबसरमा युवा ब्यबसायी ज्ञवालीले सिल्भर अवार्ड प्राप्त गर्नु भएको थियो। रियल स्टेट ब्यबसायमा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सो अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा रियल स्टेट ब्यबसायीहरु कमला तिवारी, इन्द्र खड्का, शिव करन्जित, रामकृष्ण पौडेल, चेत शाही ठकुरी, रमेश खत्री, शिव कंडेल, कमला गैरे, सुर्य सापकोटा विभिन्न अवार्डबाट सम्मानित हुनु भएको हो । कम्पनीका राज महतले उनिहरुलाई सम्मानित गर्नुभएको थियोे।
सो अबसरमा कम्पनीका डाईरेक्टर ईश्वर राजन, ऋषि गैरे, अधिवक्ता रमेश कार्की, अधिवक्ता अतुल सुवेदी, रमेश केसी, क्यानडा नेपाल बिज्नेस काउन्सिलका अध्यक्ष डा.पुर्ण कंडेल, प्रकाश ज्ञवाली, कमला तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कम्पनीका अध्यक्ष राज महतले क्यानडामा रियल स्टेटको अबस्था र नेपालीहरुले घर जग्गामा लगानी गर्न सक्ने बाताबरणको बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।
हाल ब्राम्प्टनमा रिग्म्याक्स कम्पनीको मुख्य कार्यालय छ भने उक्त कम्पनीले टोरण्टोको स्कारब्रो र लन्डन शहरमा छिट्टै शाखा खोल्ने अध्यक्ष महतले बताउनु भयो ।










