चौथो सहिद स्मृति अन्तर कलेज भलिवल प्रतियोगिताको उपाधि मिराकल होस्टेललाई

चितवन । अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस एकाइ कमिटीले आयोजना गरेको चौथो सहिद स्मृति अन्तर कलेज भलिवल प्रतियोगिताको उपाधि मिराकल होस्टेलले जितेको छ । आज सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको फाइनल खेलमा सप्तगण्डकी क्याम्पसलाई हराउँदै मिराकल होस्टेलले उपाधि जितेको हो ।

उपाधि विजेता मिराकलले ४० हजार नगदसहित ट्रफि प्राप्त गेको छ । त्यस्तै दोस्रो हुने सप्तगण्डकी क्याम्पसले २० हजार नगदसहित ट्रफि प्राप्त गरेको छ । आज भएको प्रतियोगिता समापन समारोहमा अखिल क्रान्तिकारी वागमती प्रदेशका अध्यक्ष सुरज सिंह ठकुरी, वागमती प्रदेश सभा सदस्य ईस्वर सापकोटा, सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख मणिराज महतोलगायतले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

गत पूस ३ गतेबाट सुरु भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका यातायात तथा श्रम रोजगार मन्त्री घनश्याम दाहालले  गरेका थिए । भलिबल प्रतियोगिताको उद्घाटन खेल सप्तगण्डकीका प्रध्यापकहरुले खेलेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको