कांग्रेस संसदीय दलको चुनाव पुस ६ गते

काठमाडौं । नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक चुनावी कार्यक्रमअनुसार बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछं । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदानपछि सोही दिन परिणाम घोषणा गरिनेछ ।

मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।

आइतबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।

कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाएका छन् ।

यस्तो छ कांग्रेस संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यतालिका

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको