एमाले अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ बालकोट पुगेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको थियो ।

जनजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा पनि छलफल भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको