विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो । अब पोर्चुगललले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक टिम छन् ।

सियाका तीनवटा राष्ट्र र उत्तर अमेरिकी एक राष्ट्रको चुनौती भने अन्तिम १६ मै समाप्त भएको छ ।

युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगे ।

अफ्रिकन राष्ट्र मोरक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । एसियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा उत्तर अमेरिकाको अमेरिका अन्तिम १६ बाटै बाहिरिए ।

यस पटक विश्वकपमा सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको थियो । तर क्वाटरफाइनलमा आइपुग्दा भने तीन महादेशका टिम मात्र बाँकी छन् ।

क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलसँग पहिलो खेल खेल्नेछ । नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ भने दुई पूर्व विजेता इंग्ल्याण्ड र फ्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यी दुईको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल मंसिर २३ र २४ गते हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको