विजय गच्छदारलाई हराउँदै सुनसरी-३ मा एमालेकी चाैधरी विजयी

काठमाण्डाै ।  सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चाैधरी विजयी हुनुभएकाे छ ।

अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याउनुभयाे । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराउनुभयाे । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभयाे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गर्नुभएकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको