धनुषा ४ मा एमाले सचिव रघुवीर महासेठ विजयी

काठमाडाैँ । धनुषा ४मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा महासेठ १२४ मतान्तरमा विजयी भएका हुन । उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले हराएका हुन । प्रप्त मतपरिणामा अनुसार एमालेका महासेठले ३२२१२ मत प्राप्त गरेका छन भने कांग्रेसका यादवले ३२०८८ मत प्राप्त गरेका छन । यो जितसँगै मधेशमा एमाले पहिलो दल पनि भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा एमालेले राम्रो जित निकालेको छ । प्रदेशमा एमालेले १५ सिट जितेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको