फिफा विश्वकप २०२२: क्रोएसियासँग पराजित भएसँगै बाहिरियो क्यानडा

क्यानडा । फिफा विश्वकप २०२२ बाट क्यानडा बाहिरिएको छ। समूह ‘एफ’ मा लगातार दोस्रो खेलमा पराजित भएपछि क्यानडा आफ्नो अन्तिम खेलअघि नै बाहिरिएको हो ।

क्यानडालाई आइतबार राति भएको खेलमा क्रोएसियाले ४-१ गोलले हरायो ।

क्रोएसियाका लागि क्रामारिकाले ३६ र ७० मिनेटमा गरी दुई गोल गरे। लिभाजाले ४४ मिनेट र मजेरले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेपछि क्यानडा फराकिलो अन्तरले हार्‍यो ।

त्यसअघि खेलको दोस्रो मिनेटमै अल्फन्सो डेभिजले गोल गर्दै क्यानडालाई अग्रता दिलाए पनि क्रोएसियाले अन्तिमसम्म उत्कृष्ट खेल्यो ।

डेभिजले विश्वकपमा क्यानडाका लागि गोल गर्ने पहिलो खेलाडी बन्दै इतिहास रचेका छन् ।

अन्तिम खेलअघि समूहका क्रोएसिया र मोरक्कोले चार चार अंक जोडेका छन् ।

तीन अंक जोडेको बेल्जियम तेस्रो स्थानमा छ ।

पहिलो खेलमा बेल्जियमसँग हारेको क्यानडाले लगातार दुई पराजतसँगै अंक जोड्न सकेको छैन ।

समूहमा अब क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जिमयबीच खेल हुनेछ । क्रोएसिया र मोरक्कोलाई बराबरी भए पुग्छ भने बेल्जिमयलाई जितको खाँचो छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको