काठमाडाैं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५५ वटा सिटको टुङ्गो लागेको छ भने अझै १० वटा क्षेत्रको परिणाम आउन बाँकी छ। हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात/सात क्षेत्रमा विजयी भएका छन्। साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन। केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो।
हालसम्म दोलखा-१, स्याङ्जा-२, सुनसरी-१, ३ र ४, बाजुरा, इलाम-१, उदयपुर-१, महोत्तरी-१ र रामेछापको नतिजा आउन सकेको छैन।
दोलखा-१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन। राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो। त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन।
सुनसरी-१ मा भने मतगणना जारी छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन्।
सुनसरी-३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छिन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन्।
सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन्।
बाजुराको बूढीनन्दा नगरपालिका-५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन। इलाम-१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा (एकिकृत समाजवादी)का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन्।
उदयपुर-१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छिन्।
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन्।
हेर्नुहोस् कसले कहाँ जिते?
नेपाली कांग्रेस
(१) मुस्ताङ – योगेश शेरचन
(२) मनाङ – टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४ – गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा – मोहन आचार्य
(८) ललितपुर १ – उदय शमशेर जबरा
(९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा – शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा – रामहरि खतिवडा
(१५) झापा १ – विश्वप्रकाश शर्मा
(१६) पर्सा १ – अजयकुमार चौरसिया
(१७) गोरखा १ – राजेन्द्र बजगाँई
(१८) म्याग्दी – खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २ – एनपी साउद
(२४) दैलेख २ – दिक्पालकुमार शाही
(२५) भक्तपुर २ – दुर्लभ थापा
(२६) नवलपरासी पूर्व १ – शशांक कोइराला
(२७) तनहुँ १ – रामचन्द्र पौडेल
(२८) बाँके ३ – किशोरसिंह राठोर
(२९) रौतहट ४ – देवप्रकाश तिमल्सिना
(३०) सप्तरी ३ – दिनेश कुमार यादव
(३१) धादिङ २ – राम नाथ अधिकारी
(३२) सुर्खेत १- पूर्णबहादुर खड्का
(३३) नवलपुर २- विष्णु कुमार कार्की
(३४) सिन्धुली १- श्यामकुमार घिमिरे
(३५) दाङ ३ – दीपक गिरी
(३६) बर्दिया १ – सञ्जय गौतम
(३७) नवलपरासी पश्चिम १ – विनोद चौधरी
(३८) धनुषा २ – रामकृष्ण यादव
(३९) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
(४०) मोरङ ६ – शेखर कोइराला
(४१) कैलाली ५ – डिल्लीराज पन्त
(४२) गुल्मी १ – चन्द्र भण्डारी
(४३) स्याङ्जा १ – राजु थापा
(४४) संखुवासभा – दीपक खड्का
(४५) कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य
(४६) तेह्रथुम – सीता गुरूङ
(४७) मोरङ ३ – सुनिलकुमार शर्मा
(४८) नुवाकोट २ – अर्जुननरसिंह केसी
(४९) सप्तरी ४ – तेजुलाल चौधरी
(५०) मुगु – ऐनबहादुर शाही
(५१) महोत्तरी ४ – महेन्द्रकुमार राय
(५२) मोरङ १ – डिगबहादुर लिम्बू
नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २ – प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ – योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला
(१३) सोलुखुम्बु – मानवीर राई
(१४) पर्वत – पदम गिरी
(१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु
(१६) रुपन्देही ५ – बासुदेव घिमिरे
(१७) धनकुटा – राजेन्द्रकुमार राई
(१८) कास्की २ – विद्या भट्टराई
(१९) बाँके १ – सूर्य प्रसाद ढकाल
(२०) सिराहा १ – राम शंकर यादव
(२१) बैतडी- दामोदर भण्डारी
(२२) कञ्चनपुर १ – तारा लामा तामाङ
(२३) कपिलवस्तु १ – बलराम अधिकारी
(२४) पाँचथर – वसन्तकुमार नेम्वाङ
(२५) कास्की ३ – दामोदर पौडेल ‘वैरागी’
(२६) सर्लाही ३ – हरिप्रसाद उप्रेती
(२७) बारा ३ – ज्वालाकुमारी साह
(२८) बारा १ – अच्युतप्रसाद मैनाली
(२९) धनुषा ३ – जुली महतो
(३०) कास्की १ – मनबहादुर गुरूङ
(३१) सिरहा ३ – लीलानाथ श्रेष्ठ
(३२) पाल्पा २ – ठाकुरप्रसाद गैरे
(३३) मोरङ २ – ऋषिकेश पोखरेल
(३४) कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
(३५) रूपन्देही २ – विष्णु पौडेल
(३६) काभ्रेपलाञ्चोक २ – गोकुल बाँस्कोटा
(३७) पाल्पा १ – नारायणप्रसाद आचार्य
(३८) रूपन्देही १ – छविलाल विश्वकर्मा
(३९) सुनसरी २ – भीम आचार्य
(४०) इलाम २ – सुवास नेम्वाङ
(४१) महोत्तरी १- लझ्मी महतो
नेकपा (माओवादी केन्द्र)
(१) सिन्धुली २ – लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
(८) दाङ २ – रेखा शर्मा
(९) खोटाङ – रामकुमार राई
(१०) भोजपुर – सुदन किराती
(११) मोरङ ४ – अमनलाल मोदी
(१२) रूकुम पश्चिम – जनार्दन शर्मा
(१३) कालिकोट – महेन्द्रबहादुर शाही
(१४) नुवाकोट १ – हितबहादुर तामाङ
(१५) हुम्ला – छिरिङ डम्डुल लामा (कार्चेन)
(१६) काभ्रे १- सूर्यमान तामाङ (दोङ)
(१७) सर्लाही २- महिन्द्र राय यादव
नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अम्मरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला
(७) रौतहट १ – माधवकुमार नेपाल
(८) डोल्पा – धनबहादुर बुढा
(९) धादिङ १- राजेन्द्र पाण्डे
(१०) दाङ १ – मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २ – रवि लामिछाने
(६) ललितपुर ३ – डा. तोसिमा कार्की
(७) चितवन १ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
(३) मकवानपुर १ – दीपकबहादुर सिंह
(४) झापा ३ – राजेन्द्र लिङ्देन
(५) नवलपरासी २ – ध्रुवबहादुर प्रधान
(६) चितवन ३ – विक्रम पाण्डे
(७) रूपन्देही ३- दीपक बोहोरा
जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव
(२) सप्तरी १ – नवलकिशोर साह सुडी
(३) सिरहा ४ – वीरेन्द्रप्रसाद महतो
(४) बारा २- राम सहाय प्रसाद यादव
(५) सिराहा २ – राजकिशोर यादव
(६) धनुषा १ – दीपक कार्की
लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
(२) सर्लाही १ – रामप्रकाश चौधरी
(३) महोत्तरी २ – शरतसिंह भण्डारी
(४) महोत्तरी ३ – महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १ – गंगाराम चौधरी
(२) कैलाली – १ रञ्जिता श्रेष्ठ
(३) कैलाली २ – अरूनकुमार चौधरी
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
(१) भक्तपुर १ – प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी
जनमत पार्टी
(१) सप्तरी २ – सीके राउत
स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी
(२) मोरङ ५ – योगेन्द्र मण्डल
(३) रौतहट ३ – प्रभु साह
(४) सर्लाही ४ – अमरेश सिंह
(५) रौतहट २ – किरणकुमार साह









