नेकपा एसका उपमहासचिव खतिवडा पराजित, उदयपुर २ मा एमालेका रायमाझी विजयी

काठमाडौं । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

मतगणना सकिएर रायमाझी विजयी घोषित भएको र अन्तिम परिणाम सार्वजनिक हुन लागेको मुख्य निर्वाचन अधिकृत जीवन भण्डारीले बताए ।

रायामाझीले १५ हजार २५१ मत ल्याउँदा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् ।

 

कांग्रेसका बागी उम्मेदवार राम कुमार राईले १० हजार ३७९ मत ल्याएका छन् । यहाँ मंगोल नेशनल अर्गनाइजेनका भाष्कर राईले १ हजार ४३० र राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल कुमार श्रेष्ठले ९१० मत पाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको