प्रचण्डलाई अब्दुसको जवाफ: कालो सिसाभित्र हिडेर प्रतिस्पर्धी चिनिंदैन र गोरखाको समस्या देखिंदैन

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी अभियान अन्तर्गत शुक्रबार गोरखा आएर आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखेको बताएका थिए । आफ्नो जित सुनिश्चित भएको बताउँदै अहिले गोरखा-२ मा कुनै प्रतिस्पर्धी नै नदेखेको उनको तर्क थियो ।

अहिले गोरखा-२ मा प्रचण्डविरुद्ध चुनावी मैदानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले भने त्यसको जवाफ फर्काएका छन् । चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले चुनावको मतगणनापछि प्रचण्डले प्रतिस्पर्धी चिन्ने बताए ।

‘गाउँका जो-कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को ? भनेर । सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईंको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ । गाडीबाट झरेर प्रतिस्पर्धी सोध्नुस्, मेरो चुनौती छ,’ मियाँले भने ।

प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०र६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिंदैन, गोरखाका समस्या देखिंदैन । स्वाभाविक हो, उनले भने ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको