दार्चुलाबाट एमालेको चुनावीसभा सुरू हुँदै, चुच्चे नक्सामा समेटिएको नेपाली भूभाग फिर्ताको प्रण गरिने

काठमाडौँ । नेकपा एमालेको चुनावी प्रचारसभा दार्चुलाबाट सुरू हुने भएको छ । आजदेखि एमालेले प्रचारात्मक चुनावीसभा सुरू गर्न लागेको हो । एमालेले यसको सुरूवात सुदूरपश्चिमको दार्चुलाबाट गर्दैछ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली हिजै धनगढी पुगीसकेका छन ।

उनी आज हेलिकप्टर मार्फत दार्चुला पुग्नेछन । त्यसपछि उनले बैतडी र कञ्चनपुरको सभामा पनि आजै सम्बोधन गर्ने कार्यसूची रहेको छ । चुनावको मौन अवधि सुरूहुनुअघिसम्म ओलीले ४० जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने गरी तालिका बनेको एमालेले जनाएको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम तय गरेको हो ।

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली नक्सामा राष्ट्रिय सहमतिका साथ सूचीकृत गर्ने कामको हिम्मतका साथ नेतृत्व गरेका ओलीले अब ती भूभाग व्यवहारिक रूपमै फिर्ता ल्याउने प्रण गर्ने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको